खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडाैं | साउन २१, २०८१

खुकुरी प्रहार गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं:    काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    
पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका–४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षी कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    
खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्